निष्क्रिय कर्जा घटेसँगै फरवार्ड माइक्रोफाइनान्सको नाफा ६५ प्रतिशतले बृद्धि, इपीएस १०० रुपैयाँ पुग्यो

२१ श्रावण २०७९, शनिबार १४:५८

काठमाडौं । फरवार्ड माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ८४ करोड ५३ लाख ७६ हजार खुद नाफा आर्जन गर्न सफल भएको छ ।

लघुवित्तले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो आवको तुलनामा ६५.६५ प्रतिशतले बढ्न पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्म लुघवित्तले ५१ करोड ३ लाख ३५ हजार रुपैयाँ नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुवै बढ्न पुगेको छ । यसकारण लघुवित्तले नाफामा सुधार गर्न सफल भएको हो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ८.८१ प्रतिशतले बढेर १ अर्ब ३६ करोड ११ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा २.८१ प्रतिशत बढेर १ अर्ब २० करोड रुपैयाँ पुगेको छ ।

यस अवधिसम्म लघुवित्तको निष्क्रिय कर्जा (एनपीएल) घटेसँगै लुघवित्तको नाफामा बृद्धि हुन टेवा पुगेको हो । अघिल्लो आवको यसै अवधिसम्म ३.६७ प्रतिशत रहेको एनपीएल यस अवधिसम्म घटेर १.८३ प्रतिशतमा कायम भएको छ ।

त्यस्तै, लघुवित्तको यस अवधिसम्म चुक्तापुँजी ८४ करोड ४४ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार बृद्धि भएर कोषमा १ अर्ब ८४ करोड ७९ लाख रुपैयाँ संचित रहेको छ । त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी १०० रुपैयाँ ११ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ ३०८ रुपैयाँ ८० पैसा पुगेको छ ।

यस अवधिसम्म लघुवित्तले बैंक तथा वित्तीय संस्थाबाट १० अर्ब रुपैयाँ सापटी लिएर ७ अर्ब ९५ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ भने १९ अर्ब ८१ करोड रुपैयाँ कर्जा परिचालन गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*