एक अर्बमाथि आम्दानी भएको ग्रामिण विकास लघुवित्तको नाफा घट्यो

२२ श्रावण २०७९, आईतवार ०८:०२

काठमाडौं । ग्रामिण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिकृष्ट वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरणअनुसार लघुवित्तको नाफामा गिरावट आएको देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले १९ करोड ८२ लाख ६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन यो नाफा अघिल्लो आवको तुलनामा ४४.८८ प्रतिशतले कम हो । अघिल्लो आवको यसै अवधिसम्म लघुवित्तले ३५ करोड ९५ लाख ९२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घटसँगै लघुवित्तको निष्क्रिय कर्जा समेत बढ्न पुगेको छ । यसकारण लघुवित्तको नाफा घट्न पुगेको हो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी १.८८ प्रतिशतले बढेर १ अर्ब २६ करोड २९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा ५२.१४ प्रतिशतले घटेर १९ करोड २० लाख रुपैयाँमा सीमित भएको छ । त्यस्तै, अघिल्लो आर्थिक वर्षको यसै अवधिसम्म ३.३५ प्रतिशत मात्रै रहेको निष्क्रिय।खराब कर्जा यस अवधिसम्म बढेर ४.४९ प्रतिशत पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा गिरावट आएको हो ।

यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी ९८ करोड २५ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार भने बृद्धि भई १ अर्ब १४ करोड २६ लाख रुपैयाँ संचित रहेको छ । लघुवित्तले कोषमा एक अर्बमाथि रकम छुट्याएर राख्दा नाफामा नोक्सान पर्न गएको हो ।

त्यस्तै, लघुवित्तको प्रतिशेयर आम्दानी २० रुपैयाँ १७ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ २१६ रुपैयाँ ३० पैसा रहेको छ । त्यस्तै, लघुवित्तको सापटी ६ अर्ब ६४ करोड रुपैयाँ, निक्षेप संकलन ३ अर्ब ९२ करोड रुपैयाँ र कर्जा परिचालन १३ अर्ब ६७ करोड ७४ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*