रिजर्भको आकार बढाउँदा नयाँ सारथी लघुवित्तको नाफामा सामान्य सुधार, अन्य सूचक कस्तो ?

२२ श्रावण २०७९, आईतवार ०८:२१

काठमाडौं । नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको अन्त्यसम्ममा ७ करोड ९० लाख ८७ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार लघुवित्तको नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९.६९ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म लुघवित्तले ७ करोड २० लाख ९६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी घटेपनि संचालन मुनाफा भने बढ्न पुगेको छ । यसकारण पनि लघुवित्तको नाफामा सुधार देखिएको हो ।

समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी ५.१६ प्रतिशतले घटेर २५ करोड ७३ लाख ५८ हजार रुपैयाँमा सीमित भएको छ भने संचालन मुनाफा २१.८५ प्रतिशतले बढेर १४ करोड २६ लाख ८६ हजार रुपैयाँ पुगेको छ ।

अघिल्लो आर्थिक वर्षमा ३.८० प्रतिशत रहेको निष्क्रिय कर्जा यस अवधिसम्म सामान्य बढेर ३.८१ प्रतिशत पुगेको छ ।यसकारण पनि लघुवित्तले नाफामा उल्लेख्य सुधार गर्न नसकेको हो ।

समिक्षा अवधिसम्म लघुवित्तको चुक्तापुँजी ३० करोड ३३ लाख रुपैयाँ रहेकोमा रिजर्भको आकार ९२.१७ प्रतिशतले बृद्धि भई कोषमा १६ करोड ३० लाख रुपैयाँ संचित रहेको छ । लघुवित्तले कोषको आकार बढाएको कारण खुद नाफामा सामान्य मात्रै बृद्धि भएको हो ।

त्यस्तै, यस अवधिसम्म लुघवित्तको प्रतिशेयर आम्दानी २६ रुपैयाँ ७ पैसा, प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ४६ पैसा रहेको छ । त्यस्तै, सापटी २ अर्ब ९३ करोड, निक्षेप संकलन ९८ करोड ३६ लाख रुपैयाँ र कर्जा परिचालन ४ अर्ब २४ करोड ८८ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*