गोर्खाज फाइनान्सको खुद नाफामा गिरावट, इपीएस कति ?

२२ श्रावण २०७९, आईतवार ०८:४४

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९ करोड २१ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

कम्पनीले प्रकाशित गरेको गत आवको चौथो त्रैमासिक वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा ११.५९ प्रतिशतले घटेको हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले १० करोड ४१ लाख ९० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म फाइनान्सको संचालन मुनाफा बढेपनि खुद ब्याज आम्दानी घटेका कारण नाफा घट्न पुगेको हो । यस अवधिसम्म फाइनान्सको संचालन मुनाफा बढेर १५ करोड ९० लाख ५१ हजार रुपैयाँ पुगेको छ भने खुद ब्याज आम्दानी घटेर २३ करोड ६५ लाख २८ हजारमा सीमित हुन पुगेको छ ।

यस अवधिसम्म कम्पनीको प्रतिशेयर आम्दानी १० रुपैयाँ ६१ पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १८१ रुपैयाँ ९७ पैसा रहेको छ ।
त्यस्तै, समिक्षा अवधिसम्म फाइनान्सको चुक्तापुँजी ८६ करोड ७९ लाख रुपैयाँ रहेकोमा जगेडा कोषको आकार समेत घटेर ६७ करोड २५ लाख रुपैयाँ संचित रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*