महालक्ष्मी विकास बैंकको नाफासँगै इपीएस बढ्यो

२२ श्रावण २०७९, आईतवार १४:३७

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९५ करोड १९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

बैंकले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बैंकको नाफा अघिल्लो आवको तुलनामा ४४ प्रतिशतले बृद्धि भएको छ । अघिल्लो आवको यसै अवधिसम्म बैंकले ६६ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी र संचालन मुनाफा दुबै बढेसँगै बैंकको नाफा बढ्न पुगेको हो । यस अवधिसम्म बैंकको खुद ब्याज आम्दानी १८ प्रतिशत र संचालन मुनाफा ४५ प्रतिशतले बृद्धि भएका ेछ । साथै यस अवधिसम्म बैंकको वितरणयोग्य मुनाफा मात्रै ५८ करोड ६१ लाख रुपैयाँ रहेको छ ।

नाफा बढेसँगै बैंकको प्रतिशेयर आम्दानी (इपीएस) पनि बढ्न पुगेको छ । यस अवधिसम्म बैंकको इपीएस १९ रुपैयाा ७५ पैसाबाट बढेर २३ रुपैयाँ ७३ पैसा पुगेको छ । त्यस्तै, प्रतिशेयर नेटवर्थ १६० रुपैयाँ ९ पैसा रहेको छ ।

हाल कम्पनीको चुक्तापुँजी ४ अर्ब १ करोड रुपैयाँ रहेको छ भने जगेडा कोषमा १ अर्ब ८२ करोड रुपैयाा संचित रहेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*