सिटिजन्स बैंकले ल्यायो दुई मुद्धती खाता सञ्चालनमा, दश गुणासम्म प्रतिफल पाइने

काठमाडौं । सिटिजन्स बैंकलेदुई वटा ल्यायो १० गुणा सम्म प्रतिफल पाईने खाता योजना मुद्धती खाताहरु सञ्चालनमा ल्याएको छ । बैंकले ‘सिटिजन्स चिरायु मुद्धती योजना’ तथा ‘रेमिटेन्स चिरायु मुद्धती योजना’ खाता सञ्चालनमा ल्याएको हो ।
बैंकका अनुसार सिटिजन्स चिरायु मुद्धती योजना योजना अन्तर्गत ग्राहकहरुले १३ वर्ष ४ महिना देखि २२ बर्ष १ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् । तथा रेमिटेन्स चिरायु मुद्धती योजनामा ग्राहकले १२ वर्ष ३ महिना देखि २० बर्ष ३ महिनासम्म मुद्धती खातामा रकम जम्मा गरे अनुसार साँवा तथा व्याज बापत लाग्ने कर पश्चात एक मुष्ट रुपमा चार गुणा देखि १० गुणा सम्म निक्षेप रकम फिर्ता पाउने छन् ।
उक्त बैंकले हाल १८० वटा शाखा, १३२ वटा ए.टि.एम. र ९६ वटा शाखा रहित बैंकिङ्ग ईकाईहरुबाट बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।













