सयपत्री हाइड्रोपावरको आईपीओ प्रि–अलटमेन्ट सम्पन्न, बाँडफाँड कहिले ?

२२ श्रावण २०७९, आईतवार १७:५०

काठमाडौं । सयपत्री हाइड्रोपावरको साधारण सेयर (आईपीओ) को प्रि–अलटमेन्ट सम्पन्न भएको छ । प्रि–अलटमेन्ट कम्पनीको आईपीओ बिक्री प्रबन्धक एनआईबिएल एस क्यापिटल लिमिटेडको कार्यलयमा सम्पन्न भएको हो ।

आईपीओको बाँडफाँड पर्सी मंगलबार गर्ने तयारी भएको एनआईबिएल एस क्यापिटलले जनाएको छ। कम्पनीले कुल ७ लाख २१ हजार ६० कित्ता आईपीओ निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुन आउने ३६ हजार ५३ कित्ता सेयर सामूहिक लगानी कोष र २ प्रतिशतले हुन आउने १४ हजार ४२१ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ६ लाख ७० हजार ५८६ कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । कम्पनीको आईपीओमा मागभन्दा २५.७१ गुणा धेरै हो ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*