कारोबारको पहिलो दिनमै हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट

२३ श्रावण २०७९, सोमबार ११:५८

काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडको सेयर आजबाट शेयरबजारमा कारोबार खुलेको छ । यो कम्पनीको आईपीओ गत शुक्रबार नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा सूचीकृत भएको थियो । आइतबार कारोबारमा आउनुपर्नेमा सो दिन कम्पनीको शेयर प्रि–ओपनिङ्ग सेसनमा अर्डर म्याच नभएको कारण कारोबारमा आउन सकेको थिएन ।

नेप्सेले यो कम्पनीलाई ‘एचएचएल’ कारोबार संकेत प्रदान गरेको छ । पहिलो कारोबारका लागि नेप्सेले कम्पनीले न्यूनतम ७६.३३ रुपैयाँदेखि अधिकतममा २२८.९९ रुपैयाँसम्म ओपनिङ रेन्ज तोकेको थियो । सोही अनुसार कारोबार २२८ रुपैयाँमा खुलेको थियो ।

यो समाचार तयार पार्दासम्म कम्पनीको शेयरमा सकारात्मक सर्किट लागेर शेयरमूल्य २५० रुपैयाँ ८० पैसा पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*