उतारचढावकाबीच दोहोरो अंकले घट्यो शेयरबजार, ११ सूचक राताम्य हुँदा कारोबार दुई अर्बमा सीमित

२३ श्रावण २०७९, सोमबार १५:१९

काठमाडौं । साताको दोस्रो दिन सोमबार शेयरबजार दोहोरो अंकले घट्न पुगेको छ । अघिल्लो दिन झिनो अंकले सुधार देखिएको नेप्से परिसूचक आज १७.६७ अंकले घटेर २१०६ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता शेयर किनबेच हुँदा २ अर्ब ८५ करोड माथिको कारोबार भएको छ । मौद्रिक नीतिपछि उत्साहिएका लगानीकर्ताहरु फेरी सेलाएका छन् । केही दिनअघि ३्र।४ अर्बमाथिको कारोबार भएको शेयरबजारमा फेरी कारोबार घटेर १ अर्बमा सीमित हुन पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह र म्युचुअल फण्डमा मात्रै हरियाली छाएको छ भने सर्वाधिक प्रतिशतका आधारमा अन्य समूह र रुपैयाँका आधारमा जीवन बीमा समूहको घट्न पुगेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*