नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
२४ श्रावण २०७९, मंगलवार १०:१४

काठमाडौं । नागरिक लगानी कोषको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि भोलि अर्थात साउन २५ गते बुकक्लोज गर्ने भएसँगै आजसम्म नेप्सेमा कायम शेयरधनीहरुले मात्रै प्रस्तावित लाभांश पाउनेछन् ।
कम्पनीले हाल कायम चुक्ता पूँजीको ३० प्रतिशत अर्थात ९८ करोड १० लाख रुपैयाँ बराबरको बोनस शेयर र सोको कर प्रयोजनार्थ १.५७८९ प्रतिशत अर्थात ५ करोड १६ लाख ३१ हजार ५७८ रुपैयाँ ९५ पैसा नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो । सोही लाभांश पारित गनै कम्पनीले भदौ ६ गते साधारण सभा डाकेको छ ।













