हकप्रद प्रस्तावसहित नेशनल हाइड्रोपावरले डाक्यो विशेष साधारण सभा

२४ श्रावण २०७९, मंगलवार १०:१९

काठमाडौं । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले विशेष साधारण सभा आह्वान गरेको छ । कम्पनीको साउन २३ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले सभा भदौं १० गते, शुक्रबार डेलिस ओपेरा रेष्ट्रो बालुवाटार काठमाडौँमा बिहान ११ बजे बस्ने निर्णय गरेको हो ।

सभाले बोनस सेयर र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कायम हुने चुक्ता पूँजीको ५० प्रतिशत हकप्रद जारी गर्ने प्रस्ताव पारित गर्नेछ । हकप्रद र सुनकोशी हाइड्रोपावरलाई प्राप्ती पश्चात कम्पनीको पूँजी बृद्धि हुने हुनाले कम्पनीको प्रबन्धपत्र संसोधको प्रस्ताव समेत सभाले पारित गर्ने छ ।

त्यसैगरी, कम्पनीले विशेष साधारण सभा प्रयोजनका लागि भाद्र २ गते बुकक्लोज गर्ने भएको छ । त्यसैले, भदौं १ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

 

62f1c21d7a29b.JPG

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*