निष्क्रिय कर्जा घटेसँगै युनिक नेपाल लघुवित्तको नाफामा उल्लेख्य सुधार, इपीएस ८६ रुपैयाँ

२४ श्रावण २०७९, मंगलवार ११:४२

काठमाडौं । युनिक नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा लघुवित्तले ९ करोड १ लाख ७ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा १७.४५ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म संस्थाले ७ करोड ६७ लाख १४ हजार रुपैयाँ खुद मुनाफा आर्जन गरेको थियो ।

त्यस्तै, यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा पनि उल्लेख्य सुधार देखिएको छ यसकारण पनि लघुवित्तको नाफा बढ्न पुगेको हो ।

अघिल्लो आवमा २४ करोड २१ लाख रुपैयाँ मात्रै खुद ब्याज आम्दानी गरेको लघुवित्तले यस अवधिसम्म १४.७३ प्रतिशतले बृद्धि गरी २७ करोड ७८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । साथै अघिल्लो आवमा ११ करोड ८८ लाख रुपैयाँमा सीमित रहेको संचालन मुनाफा यस अवधिसम्म ७.१९ प्रतिशत बढेर १२ करोड ७३ लाख रुपैयाँ पुगेको छ ।

त्यस्तै, समिक्षा अवधिसम्म संस्थाको खराब कर्जा।निष्क्रिय कर्जा समेट घट्न पुगेको छ । अघिल्लो आवको यसै अवधिसम्म ९१.१७ प्रतिशत रहेको निष्क्रिय कर्जा यस अवधिसम्म घटेर ७१.४८प्रतिशत कायम भएको छ ।

चौथो त्रैमाससम्ममा लघुवित्तको चुक्तापुँजी बढेर ११ करोड ६ लाख रुपैयाँ पुगेको भने रिजर्भको आकार समेत बृद्धि भई कोषमा २६ करोड ४६ लाख रुपैयाँ संचित रहेको छ ।

त्यस्तै, संस्थाको प्रतिशेयर आम्दानी ८६ रुपैयाँ ६४ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ ३६० रुपैयाँ ८८ पैसा पुगेको छ । साथै लघुवित्तको सापटी ८५ करोड ४३ लाख, निक्षेप संकलन २ अर्ब ४० करोड ३२ लाख रुपैयाँ र कर्जा लगानी ३ अर्ब ९५ करोड ८५ लाख रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*