सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने, यसरी दिनुस् आवेदन

काठमाडौं । सानिमा बैंकले शैक्षिक छात्रवृत्ति प्रदान गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशित गर्दै छात्रवृत्तिको लागि आवेदन खुल्ला गरेको हो ।
बैंकले विगत लामो समयदेखि काठमाण्डौ उपत्यका बाहिरका प्रत्येक शाखाहरुबाट कक्षा ११ र १२ का लागि २–२ जना विद्यार्थीलाई विद्यार्थीकै रोजाईको शैक्षिक संस्था र विषयमा उच्च शिक्षा हासिल गर्न छात्रवृत्ति प्रदान गर्दै आइरहेको छ । सो छात्रवृत्ति अन्तर्गत शैक्षिक शुल्क, शैक्षिक सामग्री र नगदवत्ति रु. २,००० (प्रति महिना) गरी प्रत्येक विद्यार्थीलाई रु.५०,००० सम्मको छात्रवृत्ति प्रदान गरिनेछ ।
उक्त छात्रवृत्ति बैंकले काठमाण्डौ उपत्यका बाहिरका सबै शाखाहरुबाट स्थायी बसोबास भएका गरिब तथा विपन्न वर्गका विद्यार्थीलाई उच्च माध्यमिक तह (प्लस टु) अध्ययनका लागि दिँदै आएको छ ।
त्यस्तै छात्रवृत्तिको लागि आवश्यक कागजात सहित नजिकैको बैंकको शाखा कार्यालयमा गएर निशुल्क आवेदन फारम भरेर बुझाउन सकिनेछ ।














