आज हाइड्रोपावरका लगानीकर्ताहरुले सर्वाधिक गुमाए
२४ श्रावण २०७९, मंगलवार १५:२१

काठमाडौं । साताको तेस्रो दिन शेयरबजारमा ४५ अंकको गिरावट आएको छ । नेप्से घटेर २०६० को विन्दुमा कायम भएको छ ।
नेप्से घटेसँगै आज केही कम्पनीका लगानीकर्ताहरुले गुमाउन पुगेका छन् । आज सर्वाधिक शेयर घट्नेमा गणपति लघुवित्त रहेको छ । कम्पनीको आज ७.२७ प्रतिशतले घटेको छ ।
त्यस्तै, घलेम्दी हाइड्रोपावरको ६.६८ प्रतिशत, पञ्चकन्या माई हाइड्रोावरको ६.४९ प्रतिशत, न्यादी हाइड्रोपावरको ६.४० प्रतिशत र मध्य भोटेकोशीको ६.३१ प्रतिशतले घट्न पुगेको छ ।














