नेप्सेमा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन, भोलि कतिमा खुल्ला त कारोबार ?
२४ श्रावण २०७९, मंगलवार १६:२४

काठमाडौ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा नागरिक लगानी कोषको शेयरमूल्य समायोजन भएको छ ।
कम्पनीले आज ३० प्रतिशत बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले सो कम्पनीको शेयरमूल्य समायोजन गरेको हो । आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम २८७९ रुपैयाँका आधारमा नेप्सेले बोनस शेयर वितरणपछिको कम्पनीको शेयरमूल्य २२१४ रुपैयाँ ६२ पैसा कायम गरेको छ ।
सोही मूल्यका आधारमा नै भोलि शेयरबजारमा कम्पनीको कारोबार खुल्नेछ ।













