ग्लोबल आइएमई बैंक र धनगढीको माया मेट्रो अस्पतालबीच छुट सम्झौता

२४ श्रावण २०७९, मंगलवार १७:०३

काठमाण्डौं। ग्लोबल आइएमई बैंक लिमिटेड र धनगढीमा रहेको माया मेट्रो अस्पताल प्रालिबीच अस्पतालले प्रदान गर्ने सेवाहरुमा बैंकका ग्राहकलाई छुट प्रदान गर्ने सम्झौता सम्पन्न भएको छ।

सम्झौताअनुसार ग्लोबल आइएमई बैंकका खातावाल ग्राहक तथा कर्मचारीहरुले माया मेट्रो अस्पतालका सेवाहरुमा १५ प्रतिशतसम्म छुट प्राप्त गर्नेछन्। माया मेट्रो अस्पतालमा छुट प्राप्त गर्न बैंकका ग्राहकले बैंकको डेबिट, क्रेडिट, प्रिभिलेज कार्ड वा बैंकको परिचयपत्र पेस गर्नुपर्ने भएको छ । आफ्ना ग्राहकको सुविधालाई मध्यनजर गरी बैंकले विभिन्न अस्पलातहरुसँग यस्ता सम्झौताहरु गरी समयसापेक्षताअनुरुप ग्राहकलाई लावान्भित गर्दै आएको छ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २६५ एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकमाझ सेवा प्रदान गरिरहेको छ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*