धौलागिरी लघुवित्तको आइपीओमा पहिलो दिनमै साढे ४ लाखको आवेदन

२४ श्रावण २०७९, मंगलवार १७:३५

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा आज पहिलो दिनमै ४ लाख १६ हजार २१२९ जनाको आवेदन परेको छ ।

सीडीएसका अनुसार आज पहिलो दिन मंगबार साँझ ५ः०२ बजेसम्ममा ४७ लाख ७१ हजार ८३० कित्ताका लागि आवेदन परेको छ । यो ४७ करोड ७१ लाख ८३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो । यो मागभन्दा १५.४२ गुण बढी आवेदन हो ।

कम्पनीले निष्काशन गर्ने साधारण शेयरमा कुल जारी पुँजी (१० लाख ३१ हजार कित्ता)को ०।५ प्रतिशत अर्थात् पाँच हजार १५५ कित्ता शेयर कर्मचारीलाई र निष्काशित शेयरको पाँच प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषलाई सुरक्षित गरी बाँकी तीन लाख नौ हजार २९५ कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन पाउने कम्पनीले जनाएको छ।

उक्त आइपिओको बिक्री प्रबन्धकमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।

 

 

 

 

 

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*