लक्ष्मी लघुवित्तको मुनाफामा देखियो गिरावट, अन्य सूचक कस्तो ?

२५ श्रावण २०७९, बुधबार १०:२०

काठमाडौं । लक्ष्मी लघुवित्तले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आवको चौथो त्रैमासको तुलनामा गत आवको सोही अवधिमा १८ दशमलव ४८ प्रतिशत घटेको छ ।
अघिल्लो आवमा रू. १९ करोड ७१ लाख नाफा कमाएको कम्पनीले गत आवमा रू. १६ करोड ७ लाख मात्र नाफा कमाएको छ । गत आवमा कम्पनीको खुद ब्याज आम्दानी रु.५३ करोड ५२ लाख रहेको छ भने सञ्चालन नाफा २३ करोड ६७ लाख रहेको छ । अघिल्लो आवको तुलनामा गत आवमा कम्पनीको खुद ब्याज आम्दानी ३ दशमलव ४० प्रतिशतले बढेको छ भने सञ्चालन नाफा १७ दशमलव ४७ प्रतिशतले घटेको छ ।

गत आवको असार मसान्तसम्म कम्पनीको चुक्तापूँजी २० प्रतिशतले बढी रू. ३८ करोड ४० लाख रहेको छ भने जगेडा कोष तथा सरप्लसमा रू. १६ करोड ४१ लाख रहेको छ ।
समीक्षा अवधिमा कम्पनीकोे कुल सञ्चालन आम्दानी १ दशमलव ७७ प्रतिशतले बढेर ६५ करोड २ लाख पुगेको छ । अघिल्लो आवको सोही अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी ६३ करोड ८८लाख थियो ।

त्यस्तै अघिल्लो आवको असार मसान्तसम्म कम्पनीको सापटी रकम २० दशमलव १४ प्रतिशतले बढेर ४ अर्ब ४५ करोड, कर्जा रकम २२ दशमलव २३ प्रतिशतले बढेर रू.७ अर्ब ७२ करोड पुगेको छ भने निक्षेप रकम २३ दशमलव ३२ प्रतिशतले बढेर २ अर्ब ५५ करोड रहेको छ ।

कम्पनीको प्रतिशेयर आम्दानी रू. ४१ दशमलव ८५ रहेको छ भने प्रतिशेयर नेटवर्थ रू.२२० दशमलव ५६ रहेको छ ।

गत असार मसान्तसम्म कम्पनीको वितरणयोग्य नाफा ११ करोड १४ लाख रहेको छ । कम्पनीको गत आवको असार मसान्तसम्म खराव कर्जा ३ दशमलव २१ प्रतिशत रहेको छ । अघिल्लो आवको सोही अवधिमा ३ दशमलव २७ प्रतिशत खराव कर्जा थियो ।
वित्तीय विवरण हेर्न यहाँ क्लिक गर्नुहोला

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*