नेप्सेमा थप २ करोड २८ लाख कित्ता बोनस शेयर सूचीकृत

२५ श्रावण २०७९, बुधबार १३:५०

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । हिमालय बैंक लिमिटेडको वार्षिक साधारण सभाबाट पारित भएको २१.३८ प्रतिशत बोनस शेयर आज सूचीकृत भएको हो ।

बैंकले सो प्रतिशत दरका २ करोड २८ लाख ४३ हजार २४८ कित्ता बोनस शेयर सूचीकृत गराएको हो । उक्त शेयर सम्बन्धित शेयरधनीको हितग्राही खातामा जम्मा भएपछि शेयरबजारमा कारोबार गर्न पाइनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*