मेगा बैंकद्धारा शेयरधनीलाई पुरानो लाभांश बुझिलिन आग्रह
२५ श्रावण २०७९, बुधबार १४:३५

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना शेयरधनीहरुलाई पुरानो लाभांश बुझिलिन आग्रह गरेको छ । बैंकले एक सूचना प्रकाशित गर्दै पाँच वर्ष भन्दा पुरानो लाभांश लिन आग्रह गरेको हो ।
सो बैंकमा विभिन्न मितिमा साविक पश्चिमाञ्चल डेलभपमेन्ट बैंक लिमिटेड, साबिक टुरिजम डेभलपमेन्ट बैंक लिमिटेड र साविक गण्डकी विकास बैंक गाभिएपश्चात विभिन्न आवको वार्षिक साधारण सभाबाट पारित भई घोषणा गरेको नगद लाभांश रकम हालसम्म पनि नआएकोले बैंकले उक्त लाभांश बुझिलिन अनुरोध गरेको हो ।
सम्बन्धित शेयरधनीहरुले उक्त लाभांश बुझिलिन कागजात सहित सहित बैंकको शेयर रजिष्ट्रार मेगा क्यापिटल मार्केट्स लिमिटेड, साकेट कम्प्लेक्स, त्रिपुरेश्वर, काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।













