मूल्य समायोजनपछि नागरिक लगानी कोषमा झुम्मिए लगानीकर्ता, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको नेप्से परिसूचक आज ५.११ अंकले घटेर २०५७ को विन्दु्मा पुगेको छ ।
नेप्से घटेसँगै आज कारोबार समेत घट्न पुगेको छ । चालु आर्थिक वर्षको सुरुवाती दिनमा शेयरबजार चम्किएर ३।४ अर्बको कारोबार भएकोमा पछिल्ला केही दिनमा कारोबार समेत २ अर्बभन्दा तल सीमित हुन पुगेको छ ।
आज शेयबजारमा एक अर्ब ९३ करोड माथिको कारोबार हुन पुगेको छ । सो रकम बराबरको कारोबार हुँदा सर्वाधिक नागरिक लगानी कोषको शेयर खरिदबिक्री भएको छ । कम्पनीको आज १० करोड ६८ लाख माथिको कारोबार भएको हो ।
त्यस्तै, शिवम् सिमेन्ट्को ६ करोड ८८ लाख, हिमालयन डिस्टिलरीको ६ करोड ७१ लाख, नबिल बैंकको ६ करोड ४६ लाख, एनटिसिको ४ करोड ६८ लाख माथिको कारोबार भएको छ ।














