नेप्से झिनो अंकले घट्दा ११ उपसूचक राताम्य, व्यापार समूहको सर्वाधिक घट्दा कारोबार समेत खुम्चियो

२५ श्रावण २०७९, बुधबार १५:१८

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेकोछ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको शेयरबजारमा आज झिनो अंकको गिरावट आएपनि कारोबार घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनेबच हुँदा १ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ । बैकिङ्ग क्षेत्रबाट अर्बौ अर्बको रकम बाहिरिन थालेसँगै शेयरबजार समेत घट्न पुगेको छ । बैकिङ्ग प्रणालीमा बैंकहरु कर्जा दिनै अवस्थामा पुगिसकेका छन् । यसको प्रभाव शेयरबजारमा पर्न गएको छ ।

नेप्सेमा रहेका १३ उपसूचकमध्ये उत्पादन तथा प्रशोधन समूह र लगानी समूह बाहेकका सबै सूचक राताम्य छन् । उत्पादन तथा प्रशोधन समूहको ०.५ प्रतिशत र लगानी समूहको ०.६९ प्रतिशतले बढेको छ ।
त्यस्तै, सर्वाधिक घट्नेमा व्यापार समूहको आज १.४९ प्रतिशतले घट्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*