हिमालयन हाइड्रोपावरको शेयरमा सर्किट, आज कुन कम्पनीका लगानीकर्ताले कति कमाए ?

२५ श्रावण २०७९, बुधबार १५:२४

काठमाडौं । साताको चौथो दिन नेप्से परिसूचक ५.११ अंकले घटेर २०५७ को विन्दुमा कायम हुन पुगेकोछ । अघिल्लो दिन ४५ अंकको भारि गिरावट आएको शेयरबजारमा आज झिनो अंकको गिरावट आएपनि कारोबार घट्न पुगेको छ ।

नेप्सेमा सूचीकृत २१८ कम्पनीको ४६ लाख ४० हजार ८४४ कित्ता शेयर किनेबच हुँदा १ अर्ब ९३ करोडमाथिको कारोबार भएको छ ।

नेप्से घटेपनि आज केही कम्पनीको शेयरमूल्य भने बढ्न पुगेको छ । आज हिमालयन हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लागेको छ ।

त्यस्तै, युनिलिभर नेपालको ४.३० प्रतिशत, सिटिजन म्युचुअल फण्डको ४ प्रतिशत, विन नेपाल लघुवित्तको ३.५२ प्रतिशत र उपकार लघुवित्तको २.८२ प्रतिशतले बढ्न पुगेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*