नेप्सेमा अपर हेवाखोला हाइड्रोपावरको आइपीओ सूचीकृत, ओपनिङ्ग रेञ्ज कति ?
२५ श्रावण २०७९, बुधबार १६:३६

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडको शेयर (आइपीओ) सूचीकृत भएको छ । कम्पनीको आइपीओ आज ‘युएचइडब्लुए’ सिम्बोलबाट सूचीकृत भएको हो ।
कम्पनीले अंकित मूल्य १०० रुपैयाँ दरका कुल ५० लाख कित्ता शेयर सूचीकृत गराएको हो । सूचीकृतपश्चात् उक्त शेयर भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।
कम्पनीको आइपीओले पहिलो कारोबारको लागि १०० रुपैयाँदेखि ३०० रुपैयाँसम्म ओपनिङ्ग रेञ्ज पाउने देखिएको छ । कम्पनीको आर्थिक वर्ष २०७७।०७८ को वास्तविक प्रतिशेयर नेटवर्थ १०० रुपैयाँ रहेको छ । सोही मूल्यका आधारमा नेप्सेले ओपनिङ्ग रेञ्ज तोक्ने गर्दछ ।













