प्राइम कमसिर्यलय बैंकको ऋणपत्र नेप्सेमा सूचीकृत

२५ श्रावण २०७९, बुधबार १६:४३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा प्राइम कमर्सियल बैंक लिमिटेडको ऋणपत्र सूचीकृत भएको छ । बैंकको ‘१०% प्राइम डिबेञ्चर २०८८’ नामक ऋणपत्र आज ‘पीबीडी८८’ सिम्बोलबाट सूचीकृत भएको हो ।

बैंकको १० वर्षे अवधिको १० प्रतिशत ब्याजदर भएको १००० रुपैयाँ अंकित मूल्य दरका कुल १७ लाख ४१ हजार ८८४ कित्ता ऋणपत्र सूचीकृत भएको हो । सूचीकृत पश्चात् उक्त ऋणपत्र भोलिदेखि नै धितोपत्र दोस्रो बजारमा कारोबारमा आउनेछ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*