धौलागिरी लघुवित्तको आइपीओमा ३५ गुणा बढी आवेदन

काठमाडौं । धौलागिरी लघुवित्तको आइपीओमा ३५.०५ गुणा बढी आवेदन परेको छ । यो १ अर्ब ८ करोड ४२ लाख ९३ हजार रुपैयाँ बराबरको आवेदन परेको हो ।
सीडीएसका अनुसार आज बुधबार साँझ ५ः०२ बजेसम्ममा ९ लाख ५६ हजार ३१६ जनाले १ करोड ८ लाख ४२ हजार ९३० कित्ताका लागि आवेदन दिएका हुन् ।
धौलागिरीले मंगलबार (साउन २४ गते) देखि सर्वसाधारणका लागि ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये ५प्रतिशत अर्थात् १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ०.५ प्रतिशत अर्थात् ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।
उक्त आइपीओमा सनराइज क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।













