सिन्धु विकास बैंकको शेयर बिक्रीमा, सर्वसाधारणले आवेदन दिन पाउने

२६ श्रावण २०७९, बिहीबार १०:३५

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले संस्थापक शेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको छ । कम्पनीले संस्थाका केही संस्थापक शेयरधनीको नाममा रहेको संस्थापक शेयर विक्रीमा ल्याएको हो ।

उक्त संस्थापक शेयरमा इच्छुक जो कोही व्यक्ति, संघसंस्थाहरुले सूचना प्रकाशित भएको मितिबाट ३५ दिनभित्र बैंकको कर्पोरेट कार्यालय बनेपा , काभे्रपलाञ्चोकमा निवेदन दिनुपर्नेछ ।

उक्त समयमा हाल कायम संस्थापक शेयरधनीको कुनै निवेदन प्राप्त नभएमा प्रचलित नानून बमोजिम अन्य व्यक्तिलाई विक्रीका लागि प्रकिया अघि बढाइने जनाइएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*