एक अर्ब आम्दानी गरेको साना किसान लघुवित्तको नाफा ७० करोडमाथि, चुक्तापुँजी २५% ले बृद्धि

२६ श्रावण २०७९, बिहीबार ११:०६

काठमाडौं । साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार लघुवित्तको नाफामा सामान्य सुधार देखिएको छ ।

गत आवको असार मसान्तसम्ममा लघुवित्तले ७० करोड ८३ लाख २९ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा १७.४५ प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा लघुवित्तले ६० करोड ३१ लाख ११ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र सञ्चालन मुनाफा बढेसँगै लघुवित्तको खुद नाफा बढ्न पुगेको हो । समीक्षा अवधिमा लघुवित्तको खुद ब्याज आम्दानी ११.०१ प्रतिशत बढेर १ अर्ब ३४ करोड ७३ लाख रुपैयाँ पुगेको छ भने सञ्चालन मुनाफा समीक्षा अवधिमा १६.३९ प्रतिशत बढेर १ अर्ब ९७ लाख रुपैयाँ पुगेको छ ।

खुद नाफा बढेपनि लघुवित्तको प्रतिशेयर आम्दानी भने घट्न पुगेको छ । समीक्षा अवधिमा लघुवित्तको यस्तो आम्दानी २ रुपैयाँ ९१ पैसा घटेर ४५ रुपैयाँ २८ पैसामा झरेको छ । असार मसान्तसम्ममा लघुवित्तको प्रतिशेयर नेटवर्थ २६६ रुपैयाँ ८ पैसा रहेको छ ।

यस अवधिसम्म लघुवित्तको चुक्तापुँजी २५ प्रतिशत बढेर १ अर्ब ५६ करोड ४४ लाख रुपैयाँ पुगेका छ भने जगेडा कोषको आकार १४.४८ प्रतिशत बढेर कोषमा २ अर्ब ५९ करोड ८१ लाख रुपैयाँ सञ्चित रहेको छ ।

समीक्षा अवधिमा लघुवित्तको बैंक तथा वित्तीय संस्थाबाट १६ अर्ब ३० करोढड ४३ लाख रुपैयाँ सापटी लिई २९ अर्ब ३१ करोड १५ लाख रुपैयाँ कर्जा लगानी गरेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*