मर्जर पछि कारोबार रोक्का गर्ने निर्देशिका अन्तिम चरणमा, लगानीकर्ताको सुझाव लिईने

२६ श्रावण २०७९, बिहीबार ११:२४

काठमाडौं । नेपाल धितोपत्र बोर्डको शेयर रोक्का सम्बन्धी निर्देशिका अन्तिम चरणमा पुगेको छ। धितोपत्र बोर्डले सम्बन्धीत निकायबाट राय सुझाव समेत समेट्ने तयारी गरेको छ ।
बोर्डका अनुसार शेयर रोक्का सम्बन्धी कमिटिले लगभग अन्तिम चरणको काम कार्वाही गरिसकेको छ। यसमा कमिटिले सम्बन्धीत निकायलाई पनि छलफलमा समावेश गरेर पुन हेरफेर गर्नुपरेमा संसोधन गर्ने भएको छ।

मर्जर तथा प्राप्तिको समयमा हुने शेयर कारोबार रोक्काको बारेमा बन्न लागेको नयाँ निदेशिका अन्तिम चरणमा पुगेको र राय सुझाव कहिले लिने भन्ने बिषयमा समेत छलफल भईरहेको बोर्डका प्रवक्ता रुपेश केशीकाले बताए ।

मौद्रिक नितिमा समेटेको शेयर फुकुवा सम्बन्धी बिषयमा बोर्डले कमिटि नै खडा गरेर अध्ययन गरेको हो । बोर्डका अध्यक्ष हमालले गत साउनको दोस्रो साता भएकोे बोर्डको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सेयर रोक्का सम्बन्धी निर्देशिका केहि साताभित्र जारी गर्ने बताएका थिए । तर विस्तुत अध्ध्यनका कारण केहि ढिलाईको भएको बोर्डले जनाएको छ।लगानीकर्ताहरुको हितको लागि ल्याउन लागिएको यस निर्देशिकामा लगानीकर्ताको राय समेट्दा उचित हुने भन्दै समावेश गर्न लागिएको बोर्डले जनाएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*