यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

२६ श्रावण २०७९, बिहीबार १५:०५

काठमाडौं । बिहिबार शेयरबजारमा दोहोरो अंकको गिरावट आएको छ । कारोबार खुलेको केही समयसम्म शेयरबजारमा हरियाली छाएपनि मार्केट क्लोज हुने बेलासम्म नेप्से परिसूचक १९ अंकले घटेर २०३७ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से घटेसँगै कारोबार रकम समेत घट्न पुगेको छ । अघिल्लो करिब दुई अर्बको कारोबार हुँदा आज कारोबार १ अर्ब ७६ करोडमाथि मा खुम्चिन पुगेको छ । नेप्सेमा सूचीकृत केही कम्पनीहरुको शेयर कारोबार रोक्का रहेकाले पनि यसको प्रभाव कारोबारमा देखिन पुगेको हो ।

आज शेयरबजारमा सर्वाधिक शिवम् सिमेन्ट्सको ७ करोड २७ लाख रुपैयाँमाथिको कारोबार भएको छ । त्यस्तै, दोस्रोमा हिमालयन डिस्टिलरीको ६ करोड १२ लाख, नेष्डो समृद्ध लघुवित्तको ५ करोड ४६ लाख, हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४करोड ६१ लाख, नबिल बैंकको ४ करोड ५१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*