कुमारी क्यापिटलको लाभांश प्रस्ताव, भदौं २० गते डाक्यो साधारण सभा

२९ श्रावण २०७९, आईतवार ०७:४३

काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई लाभांश प्रस्ताव गरेको छ । कम्पनीले आर्थिक वर्ष २०७८।०७९ को मुनाफाबाट कायम चुक्तापुँजीको ५ प्रतिशत लाभांश (कर सहित) वितरण गर्ने घोषणा गरेको हो ।

सो लाभांश प्रस्ताव पारितका लागि कम्पनीको साउन २५ गते बसेको सञ्चालक समितिको बैठकले भदौ २० गते कुमारी बैंक टंगाल, काठमाडौंमा दिउँसो ३ बजे छैठौँ वार्षिक साधारण सभा निर्णय गरेको छ ।

उक्त सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षद्वारा आर्थिक वर्ष २०७८।७९ को वार्षिक प्रतिवेदनबारे छलफल गरी पारित गरिनेछ । त्यस्तै, कम्पनीको आर्थिक वर्ष २०७८।७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरणहरू छलफल गरी पारित गरिनेछ । सभामा आर्थिक वर्ष २०७९÷८० को लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ ।

62f8500927d15.JPG

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*