एचआइडिसिएलको खुद नाफा झण्डै एक अर्ब, इपीएस कति ?

काठमाडौं । हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल)ले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ९७ करोड ६२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले आज प्रकाशित गरेको गत आवको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार कम्पनीको नाफा आघिल्लो आवको तुलनामा २२.०८% ले बृद्धि भएको हो । अघिल्लो वर्षको यसैअवधिमा यसले ७९ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको फाइनान्स इन्कम बढ्नाले नाफा वृद्धिमा सहयोग पुगेको हो । यसको वित्त आम्दानी १ अर्ब २८ करोड ७२ लाख रुपैयाँबाट बढेर १ अर्ब ५२ करोड ८८ लाख रुपैयाँ पुगेको छ । साथै , लाभांश वापतको आम्दानी १ करोड ४१ लाख रहेको छ । एचआइडीसीएलको चुक्ता पुँजी २० अर्ब ७१ करोड ५० लाख ५२ हजार रुपैयाँ रहेको छ। जगेडा कोषमा १ अर्ब ६७ करोड ३८ लाख रुपैयाँ छ ।
अघिल्लो वर्ष यसको रिजर्भमा १ अर्ब ७६ करोड ३३ लाख रुपैयाँ रहेको थियो । रिजर्भ ५% ले घटेको हो । असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी ४ रुपैयाँ ७१ पैसा कायम भएको छ । अघिल्लो वर्ष ४ रुपैयाँ ८५ पैसा रहेको थियो । यसको प्रतिसेयर नेटवर्थ १०८ रुपैयाँ ८ पैसा रहेको छ ।













