आम्दानी बढ्दा सामुदायिक लघुवित्तको नाफा ३८% ले बढ्यो, इपीएस कति ?

३० श्रावण २०७९, सोमबार १०:५४

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । सो विवरणअनुसार लघुवित्तको नाफामा उल्लेख्य सुधार देखिएको छ ।

गत आवको असार मसान्तसम्म लघुवित्तले २ करोड ३८ लाख ९५ हजार रुपैयाँ खुद नाफा आर्जन गरको छ । यो नाफा अघिल्लो आवको तुलनामा ३८.१८ प्रतिशतले बढी हो । अघिल्लो आवको यसै अवधिसम्म कम्पनीले १ करोड ७२ लाख ९२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिसम्म लघुवित्तको खुद ब्याज आम्दानी र संचालन मुनाफामा सुधार आएसँगै नाफा बृद्धि हुन पुगेको हो । समिक्षा अवधिसम्म लघुवित्तको खुद ब्याद आम्दानी ७.७६ प्रतिशतले बृद्धि भई ११ करोड ७९ लाख रुपैयाँ पुगेको छ भने संचालन मुनाफा समेत ३५.१६ प्रतिशत बढेर ३ करोड ६७ लाख रुपैयाँ पुगेको छ ।

समिक्षा अवधिसम्म लघुवित्तको प्रतिशेयर आम्दानी १८ रुपैयाँ १० पैसा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६८ रुपैयाँ २८ पैसा रहेको छ ।

साथै चौथो त्रैमाससम्म लघुवित्तको चुक्तपुँजी १३ करोड २० लाख रुपैयाँ रहेकोमा जगेडा कोषमा ९ करोड १ लाख रुपैयाँ संचित रहेको छ । साथै सो अवधिसम्म लघुवित्तको सापटी ७३ करोड २ लाख रुपैयाँ, निक्षेप संकलन ५७ करोड ६५ लाख रुपैयाँ र कर्जा लगानी १ अर्ब ५९ करोड ७० लाख रुपैयाँ रहेको छ ।

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*