नेप्सेमा दुई फण्डको इकाईमूल्य समायोजन, भोलि कसको कतिमा खुल्ला त कारोबार ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा दुई फण्डको इकाईमूल्य समायोजन भएको छ । एनएमबि क्यापिटल लिमिटेडका दुई फण्ड एनएमबि हाइब्रिड फण्ड–१ र एनएमबि ५० ले नगद लाभांश वितरणका लागि बुकक्लोज गर्ने भएसँगै नेप्सेले सो दुवै फण्डको इकाईमूल्य समायोजन गरेको हो ।
एनएमबि फण्डको आज शेयरबजार बन्द हुनुभन्दा अघि कायम १२ रुपैयाँ ६० पैसाका आधारमा नेप्सेले २१.०५२६३ प्रतिशत नगद लाभांश वितरणपछिको इकाइमूल्य १० रुपैयाँ ४९ पैसा कायम गरेको छ ।
त्यस्तै, एनएमबि हाइडब्रिड फण्ड–१ को आज बजार बन्द हुनुभन्दा अघि कायम ११ रुपैयाँ ८९ पैसाका आधारमा नेप्सेले २१.०५२६३ प्रतिशत नगद लाभांश वितरणपछिको इकाईमूल्य ९ रुपैयाँ ७८ पैसा कायम गरेको छ ।
सोही मूल्यका आधारमा नै यी भोलि यी दुई फण्डको शेयरबजारमा कारोबार खुल्नेछ ।













