सान्जेन जलविद्युत कम्पनीको घाटा चुलियो, इपीएस समेत ऋणात्मक

काठमाडौं । सान्जेन जलविद्युत कम्पनीले गत आर्थिक वर्षको असार मसान्तसम्म ३ करोड ९८ लाख ७८ हजार रुपैयाँ नोक्सानी व्यहोरेको छ ।
कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा १ करोड बढी नोक्सानी बेहोर्नुपरेको छ । अघिल्लो आर्थिक वर्ष कम्पनी २ करोड ९८ लाख रुपैयाँ नोक्सानमा रहेको थियो ।
कम्पनीले हालसम्म विद्युत् उत्पादन थालेको छैन, यसकारण पनि कम्पनीले घाटा बेर्होन परेको हो । यसको कर्जा तथा सापटी भने बढेको छ ।
सान्जेनको चुक्ता पुँजी ३ अर्ब २८ करोड ५० लाख रुपैयाँ रहेको छ । जगेडा कोष २१ करोड २९ लाख रुपैयाँले ऋणात्मक छ । अघिल्लो वर्ष यसको रिजर्भ १६ करोड ७६ लाख रुपैयाँले ऋणात्मक रहेको थियो ।
असार मसान्तसम्म आइपुग्दा प्रतिसेयर आम्दानी १ रुपैयाँ २१ पैसा नोक्सानीमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ९३ रुपैयाँ ५२ पैसा छ ।













