एक अर्बमाथि आम्दानी गरेको मेरो माइक्रोफाइनान्सको नाफा घट्यो, इपीएस कति ?

३१ श्रावण २०७९, मंगलवार १०:४६

काठमाडौं । मेरो माईक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था लिमिटेडले गत आर्थिक वर्षको असार मसान्तसम्ममा ४४ करोड २२ लाख २८ रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ ।

कम्पनीले आज प्रकाशित गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरणअनुसार संस्थाको नाफा अघिल्लो आवको तुलनामा ७.२८ प्रतिशतले कम हो । गत वर्षको यसै अवधिमा संस्थाले ४६ करोड ६९ लाख ८० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समिक्षा अवधिसम्म संस्थाको खुद ब्याज आम्दानी बढेपनि संचालन नाफा घट्न पुगेकोले नाफा प्रभावित बन्न पुगेको हो । यस अवधिसम्म संस्थाको खुद व्याज आम्दानी पनि १४.४३ प्रतिशतले बढेर १ अर्ब ९ करोड २५ लाख ५४ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ९५ करोड ४७ लाख ५१ हजार रूपैयाँ ब्याज आम्दानी गरेको थियो ।

त्यस्तै, सस्थाको सञ्चालन मुनाफा भने ७.२१ प्रतिशतले घटेर ६३ करोड १५ लाख ६१ हजार रूपैयाँ पुगेको छ । गत वर्ष संस्थाले ६८ करोड ६ लाख ३९ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो ।

त्यस्तै, संस्थाको चुक्ता पुँजी १ अर्ब २० करोड रुपैयाँ र जगेडा कोषमा ४४ करोड २६ लाख ३९ हजार रुपैयाँ सञ्चित रहेको छ संस्थाको खराब कर्जा (एनपिएलं) घटेर २.९४ प्रतिशत पुगेको छ । संस्थाको प्रतिसेयर आम्दानी (ईपीएस) ३६ रुपैयाँ ८५ पैसा र प्रतिसेयर नेटवर्थ १७७ रुपैयाँ ९९ पैसा रहेको छ । यस अवधिसम्म संस्थाको सापटी १० अर्ब ९९ करोड रुपैयाँ, निक्षेप संकलन ३ अर्ब ४१ करोड र कर्जा परिचालन १६ अर्ब ४० करोड रुपैयाँ रहेको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*