हकप्रद निष्काशनको तयारीमा रहेको अपर तामाकोशीको घाटा चुलिँदै, इपीएस समेत ऋणात्मक

काठमाडौं । अपर तामाकोशी हाइड्रोपावरले गत आर्थिक वर्षको चौथौ त्रैमासको वित्तिय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार कम्पनीको नाफा चुलिँदै गएको देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्ममा ५ करोड ४३ लाख रुपैयाँ मात्रै नोक्सानमा रहेको कम्पनी यस अवधिसम्ममा घाटा चुलिँदै १ अर्ब ८७ करोड रुपैयाँ नोक्सानमाा रहेको छ ।
यस अवधिसम्ममा अपर तामाकोशीको दीर्घकालीन ऋण ७३ अर्ब ७८ करोड ५६ लाख रुपैयाँ र अल्पकालीन ऋण ५ अर्ब ६२ करोड रुपैयाँ रहेको छ । गत वर्षको तुलनामा दीर्घकालीन र अल्पकालीन दुवै ऋणमा वृद्धि भएको हो ।
अघिल्लो वर्ष दीर्घकालीन ऋण ४० अर्ब ५८ करोड र अल्पकालीन ऋण ३ अर्ब ८० करोड रुपैयाँ रहेको थियो । कम्पनीको वित्तीय लागत उल्लेख्य मात्रामा बढेको छ । अघिल्लो वर्ष १ लाख २९ हजार रुपैयाँ मात्र रहेको वित्तीय लागत अहिले ५ अर्ब ६२ करोड रुपैयाँ पुगेको छ ।
कम्पनीको हाल चुक्ता पुँजी १० अर्ब ५९ करोड रुपैयाँ रहेको छ । असार मसान्तसम्म अपर तामाकोशी प्रतिसेयर १७ रुपैयाँ ६९ पैसा नोक्सानमा रहेको छ भने प्रतिसेयर नेटवर्थ ७४ रुपैयाँ ३३ पैसा रहेको छ ।













