कारोबारको पहिलो दिनमा नै श्वेत गंगा र अपर सोलुको शेयरमा सर्किट
१ भाद्र २०७९, बुधबार ११:५२

काठमाडौं । श्वेत गंगा हाइड्रोपावर र अपर सोलु हाइड्रोइलेक्ट्रिक कम्पनी लिमिटेडको शेयरमा सकारात्मक सर्किट लागेको छ ।
यी दुबै कम्पनीको शेयर मंगलबार नेप्सेमा सूचीकृत भई आजदेखि कारोबारमा आएको हो । कारोबार सुरु भएको पहिलो दिनमा नै यी दुई कम्पनीको शेयरमा सर्किट लागेको छ ।
यो समाचार तयार पार्दासम्म श्वेत गंगा हाइड्रोपावरकोशेयर १० प्रतिशतले बढेर शेयरमूल्य २९५ रुपैयाँ ९० पैसा पुगेको छ भने अपर सोलुको ९.९८ प्रतिशतले बढेर शेयरमूल्य ३५७ रुपैयाँ पुगेको छ । नेप्सेले श्वेत गंगाको ओपनिङ प्राइज २६९ रुपैयाँ ६० पैसा र अपर सोलुको ३२४ रुपैयाँ ६० पैसा तोकिदिएको थियो ।














