एनएमबि क्यापिटलका म्युचुअल फण्डहरुको वित्तीय विवरण सार्वजनिक, कुनको अवस्था कस्तो ?

१ भाद्र २०७९, बुधबार १२:०८

काठमाडौं । एनएमबि म्युचुअल फण्ड अन्तर्गत एनएमबि क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही संचालनमा रहेको एनएमबि हाइब्रिड फण्ड एल–१, एनएमबि फिफ्टी र एनएमबि सरल बचत फण्ड–इ ले आर्थिक वर्ष २०७८।७९ को संक्षिप्त वित्तीय विवरण प्रकाशित गरेको छ ।

एनएमबि हाइब्रिड फण्ड एल–१ को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य (न्याभ) १३ रुपैयाँ १३ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १६ रुपैयाँ ८९ पैसा कायम रहेको थियो । योजनाले आर्थिक वर्ष ७८।७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि साउन ३१ गते बुक क्लोज गरिसकेको छ ।

एनएमबि फिफ्टी को २०७९ आषाढमा प्रतिइकाई खूद सम्पत्ति मुल्य १३ रुपैयाँ २८ पैसा कायम रहेको छ । अघिल्लो वर्ष यस फण्डको प्रतिइकाई खूद सम्पत्ति मुल्य १८ रुपैयाँ ९६ पैसा कायम रहेको थियो । योजनाले आव ७८।७९ को लागि २१.०५२६३% नगद लाभांश घोषणा गरि साउन ३१ गते बुकक्लोज गरिसकेको छ ।

एनएमबि म्युचुअल फण्ड अन्तर्गतको चौथो म्युचुअल फण्ड योजना ‘एनएमबि सरल बचत फण्ड–इ’ रहेको छ । विगत नौ महिनादेखि संचालनमा रहेको यस योजनाको असार मसान्तसम्म खूद सम्पत्ति मुल्य ९ रुपैयाँ ११ पैसा कायम रहेको छ ।

साथैे एनएमबि क्यापिटल लिमिटेडको पाँचौं म्युचुअल फण्ड योजना ‘एनएमबि सुलभ इन्भेष्टमेन्ट फण्ड–२’ गत साउन २६ गते देखि निष्काशन भईरहेको छ । सो योजनाको म्युचुअल फण्ड इकाईमा आवेदन दिने म्याद थप गरिएको छ । योजनामा भदौ ९ गतेसम्म आवेदन दिन सकिने व्यवस्था रहेको छ ।

 

 

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*