यी हुन् आज सर्वाधिक कारोबार भएका टप कम्पनी

१ भाद्र २०७९, बुधबार १५:०५

काठमाडौं । साताको चौथो दिन शेयरबजार झिनो अंकले घट्न पुगेको छ । प्रि–ओपनिङ्ग सेसनमा सामान्य सुधार देखिएको नेप्से परिसूचक मार्केट क्लोज हुनेबेलासम्म सामान्य अंकले घटेर बन्द भएको हो ।

आज नेप्से परिसूचक शुन्य दशमलव ३६ अंकले घटेर २०४० विन्दुमा कायम भएको छ । नेप्से परिसूचक घटेसँगै आज कारोबार समेत घटेर एक अबए ४० करोड रुपैयाँमा सीमित हुन पुगेको छ ।

सो रकम बराबरको कारोबार भएको शेयरबजारमा आज सर्वाधिक रिडी हाइड्रोपावरको शेयर खरिदबिक्री भएको छ । आज कम्पनीको एकैदिन १८ करोड ४३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, शिवम् सिमेन्ट्सको ६ करोड ९ लाख, नबिल बैंकको ४ करोड २६ लाख, आइसिएफसी फाइनान्सको ३ करोड ६५ लाख र नेपाल टेलिकमको ३ करोड ३३ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*