माछापुच्छ्रे बैंकको नयाँ ‘एमबीएल एम–स्मार्ट’ अनलाइन सेवा सञ्चालनमा

काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्नो ग्राहकलाई नयाँ ‘एमबीएल एम–स्मार्ट’ सेवा सञ्चालनमा ल्याएको छ । बैंकले अत्याधुनिक प्रविधिमा आधारित मोबाइल बैंकिङ एप एमबीएल एम–स्मार्टमा ‘स्मार्ट लोन अगेन्स्ट फिक्स्ड डिपोजिट’ सुविधाको सुरुआत गरेको हो ।
उक्त सुविधा अन्तर्गत ग्राहकले घरमै बसेर माछापुच्छ्रे बैंकमा रहेको आफ्नो मुद्दति निक्षेपबाट चाहेको बखतमा लोन अगेन्स्ट फिक्स्ड डिपोजिट सुविधा प्रयोग गरी मोबाइल बैंकिङ सुविधामार्फत सजिलै कर्जा लिन सक्ने भएका छन् ।
विज्ञान र प्रविधिले हरेक सेवा र सुविधा सहज बनाई रहेको अहिलेको परिवेशमा कर्जा लिनका लागि बैंकसम्म पुगि विभिन्न कागजात पेस गर्ने झन्झटबाट ग्राहकलाई मुक्ति दिने उद्देश्यले बैंकले उक्त सुविधा सञ्चालनमा ल्याएको हो ।
यस एमबीएल एम–स्मार्ट एपमा आफैँले पासवर्ड रिसेट गर्न मिल्ने, नयाँ ग्राहकले सेल्फ रजिस्ट्रेसन गर्न सकिने, मोबाइल फोनबाटै खाता खोल्न सकिने, मोबाइल फोनबाट नै कर्जा लिन सकिने, आफ्नो क्रेडिट कार्डको स्टेटमेन्ट मोबाइलमा नै हेर्न सकिने, नेपाल क्यूआर स्क्यान गरी क्यूआर भुक्तानी गर्न मिल्ने लगायतका अन्य सेवा सो एपमार्फत नवीनतम सुविधाहरु थप्दै ल्याइरहेको छ ।













