झिनो अंकले घट्यो नेप्से, सात उपसूचकमा हरियाली छाउँदा कारोबार डेढ अर्बमा सीमित

काठमाडौं । साताको चौथो दिन बुधबार शेयरबजारमा झिनो अंकको गिरावट आएको छ । अघिल्लो दिन दोहोरो अंकले घटेको नेप्से सूचक आज शुन्य दशमलव ३६ अंकले घटेर २०४० को विन्दुमा कायम हुन पुगेको छ ।
नेपाल बैंकर्स संघले भदौ महिनामा वाणिज्य बैंकहरुको ब्याजदर नबढाउने विषयले गत सोमबार एकाएक शेयरबजारमा चमत्कारिब बृद्धि भएको थियो । तर सो दिन नेप्सेमा छाएको रौनकता उक्त दिनलाई मात्रै सीमित हुन पुग्यो । मंगलबार शेयरबजारमा २४ अंकको गिरावट आएको् थियो ।
आज शेयरबजारमा झिनां अंकको गिरावट आएपनि कारोबार भने अघिल्लो दिनको तुलनामा ह्वात्तै घट्न पुगेको छ । शेयरबजार घटेसँगै लगानीकर्ताहरुमा बढ्न थालेको उत्साह घट्न पुगेको छ । यसैको प्रभाव आजको कारोबार रकममा देखिएको हो । अघिल्लो दिन दुई अर्बमाथिको कारोबार भएको शेयरबजारमा आज जम्माा एक अर्ब ४० करोडमाथिको मात्रै कारोबार भएको । लगानीकर्ताहरु आफुसँग भएको शेयर पनि होल्ड गरेर बसेका छन् ।
आज नयाँ हाइड्रोपावर कम्पनीहरु बाहेकका अधिकांश कम्पनीहरुको शेयरमूल्य घटेको छ । आज चारवटा नयाँ हाइड्रोपावर र एक लघुवित्त कम्पनीको शेयरमा सर्किट लागेको छ भने अन्य सूचीकृत पुराना हाइड्रोपावर कम्पनीहरुको शेयरमूल्य सर्वाधिक घट्न पुगेको छ ।
बुधबार नेप्सेमा सूचीकृत २२० कम्पनीको ३४ लाख ९७ हजार ८८१ कित्ता शेयर किनबेच हुँदा करिब डेढ अर्बको कारोबार हुन पुगेको हो । नेप्सेमा रहेका १३ उपसूचकमध्ये आज विकास बैंक, हाइड्रोपावर, फाइनान्स, निर्जिवन, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स र म्युचुअल फण्ड समूह बाहेकका सबै सूचक राताम्य छन् । आज सर्वाधिक जीवन बीमा सूचकको शुन्य दशमलव ४८ प्रतिशतले घट्न पुगेको छ ।













