नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक कृष्णहरि पुष्करद्धारा सपथ ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान संचालक अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्करले सपथ लिएका छन् । उनले का.मु. प्रधानन्यायधीस दीपकुमार कार्कीसमक्ष राष्ट्र बैंकको संचालक समितिको सदस्यको रुपमा सपथ लिएका हुन् ।
सर्वोच्च अदालतमा आज आयोजिन एक कार्यक्रममा का.मु. प्रधानन्यायधीस कार्कीले निवर्तमान संचालक कृष्णहरी पुष्करलाई पद तथा गोपनियताको सपथ ग्रहण गराएका हुन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १४ मा अर्थ मन्त्रालयका सचिव नेपाल राष्ट्र बैंक संचालक समितिको सदस्य रहने व्यवस्था छ । सोही ऐनको दफा १०८ (१) मा बैंकका संचालकले सर्वोच्च अदालतको प्रधानन्यायधीस वा निजले तोकेको न्यायधीससमक्ष सपथ लिनुपर्ने व्यस्था छ ।
सपथ ग्रहण कार्यक्रममा सर्वोच्च अदालतका का.मु. मुख्य रजिष्ट्रार नारायणप्रसाद पन्थी, रजिष्ट्रार निर्मला पौडेल, सह– रजिष्ट्रारद्धय बिमल पौडेल र नारायणप्रसाद रेग्मी, नेपाल राष्ट्र बैंकका निर्देशक एवं संचालक समितिका सचिव मुक्तिनाथ सापकोटालगायतका अधिकारीहरुको उपस्थिति रहेको थियो ।













