प्रभु बैंकका ग्राहकलाई होटेल सीताशरणमा आकर्षक छुट

१ भाद्र २०७९, बुधबार १७:४४

काठमाण्डौं । प्रभु बैंक लिमिटेड र जनकपुरस्थित होटेल सीताशरण प्रालिबीच विभिन्न सेवामा छुट प्रदान गर्नेसम्बन्धी सम्झौता सम्पन्न भएको छ।

उक्त सम्झौतापत्रमा बैंकका तर्फबाट जनकपुर शाखा कार्यालय प्रमुख अशोककुमार साह र होटेल सीताशरणका तर्फबाट महाप्रबन्धक कमलसिंह साउदले हस्ताक्षर गरेका छन्। सम्झौताअनुसार प्रभु बैंकमा खाता खोली बैंकिङ कारोबार गरिरहेका सम्पूर्ण ग्राहकले होटेल सीताशरणद्वारा सञ्चालित ‘फुड’ र ‘वेभरेज’ सेवामा १० प्रतिशत र ‘लजिङ’ सेवामा १५ प्रतिशत छुट प्राप्त हुने भएको छ।

उक्त सम्झौताअनुसार होटेल सीताशरणमा सुविधा लिन चाहने प्रभु बैंकका ग्राहकले प्रभु बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड, मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ च्यानलहरु प्रयोग गरी भुक्तानी गर्दा, होटल सीताशरणका उल्लेखित सेवाहरुमा आकर्षक छुट प्राप्त हुने व्यवस्था मिलाइएको छ। यस सम्झौताबाट बैंकका सम्पूर्ण ग्राहक लाभान्वित हुने भन्ने बैंकले विश्वास लिएको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*