प्रभु बैंकले ५० हजार कित्ता शेयर बेच्ने, १४० रुपैयाँमा जो कोहिले आवेदन दिन पाउने

२ भाद्र २०७९, बिहीबार १०:२९

काठमाडौं । प्रभु बैंक लिमिटेडले संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकका केही संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीका लागि निवेदन दिएबमोजिम बैंकले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाएको हो ।

उक्त शेयरमा यहि भदौ १० गतदेखि दरखास्त दिन सक्नेछन् । बैंकले ५० हजार कित्ता सेयर बिक्री खुला गर्ने भएको हो । बैंकले प्रतिकित्ता शेयरको न्यूनतम भूल्य १४० रुपैयाँ तोकेको छ । जसअनुसार लगानीकर्ताले १४० वा सो भन्दा बढी मूल्य अंकित गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा बैंककै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ १७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैकिङ्ग लिमिटेड नक्साल, काठमाडौंमा बोलपत्र आवेदन फारम बुझाउन सक्नेछन् । यसमा न्यूनतम १० हजार कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*