नेपाल इन्स्योरेन्स कम्पनीले भदौ ८ गते देखि संस्थापक शेयर बिक्री खुला गर्दै
२ भाद्र २०७९, बिहीबार १०:५१

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनीले भदौ ८ गते देखि संस्थापक समूहको २१ लाख ५७ हजार ६१५ कित्ता सेयर बिक्री खुला गर्दैछ ।कम्पनीले यसमा प्रतिकित्ता सेयरको न्यूनतम भाउ ३२५ रुपैयाँ तोकेको छ । तसर्थ, लगानीकर्ताले ३२५ रुपैयाँलाई आधार मानेर सो भन्दा बढी मूल्य कबोल गरी बोलपत्र पेश गर्नुपर्नेछ । यसमा कम्पनीकै संस्थापक सेयरधनी, अन्य कोही व्यक्ति, कम्पनी तथा विभिन्न संघ संस्थाहरुले भदौ २२ गतेसम्म आवेदन दिन सक्नेछन् ।
यसमा बिक्री प्रबन्धकको काम ग्लोबल आइएमई क्यापिटलले गर्नेछ । आवेदकले न्यूनतम १०० कित्तादेखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ ।













