सबैको लघुवित्तको संस्थापक शेयर बिक्रीमा
२ भाद्र २०७९, बिहीबार ११:४०

काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक शेयर बिक्री खुल्ला गरेको छ । कम्पनीका केहि संस्थापक शेयरधनीहरुले आफ्नो नाममा रहेको शेयर बिक्रीको लागि आवेदन दिए लगतै कम्पनीले बिक्री प्रक्रिया अगाडी बढाएको हो ।
कम्पनीले आफ्नो नाममा रहेको २२ हजार ४२ कित्ता संस्थापक शेयर बिक्री गर्न लागेको छ । उक्त शेयर खरिदका लागि सुचना प्रकाशित मितिले ३५ दिन भित्र आवश्यक कागजात संलग्न गरी कम्पनीका बिद्यमान शेयरधनीलाई केन्द्रिय कार्यालय बन्दीपुर १ तनहुमा निवेदन दिन अनुरोध गरेको छ ।
उक्त तोकेको समयमा बिद्यमान शेयरधनीबाट शेयर खरिद नभएमा अन्य व्यक्ति वा संस्थालाई बिक्री प्रक्रिया अगाडि बढाइने जनाएको हो ।













