ग्लोबल आइएमई बैंकले सुरु गर्यो भीकेवाईसी सेवा, यस्तो छ सुबिधा

२ भाद्र २०७९, बिहीबार १४:०१

काठमाण्डौ । ग्लोबल आइएमई बैंक लिमिटेडले अनलाइन भिडियोमार्फत ग्राहक पहिचान (भीकेवाईसी) सेवाको सुरुआत गरेको छ ।

उक्त सेवाको सुरुआतसँगै ग्लोबल आइएमई बैंकका नयाँ ग्राहकहरुले अनलाइनमार्फत खाता खोली भिडियो केवाईसीमार्फत आफ्नो पहिचान गरी खाता सुचारु गर्न सक्नेछन । बैंकमा नयाँ खाता खोल्ने ग्राहकहरुले खाता खोल्न लगायत केवाईसी फारम भर्न बैंक नै धाउनुपर्ने छैन। नयाँ खाता खोल्दा आवश्यक पर्ने कागजातहरु प्रमाणित गर्न तथा ग्राहक पहिचान गर्न अनलाइन भिडियो मार्फत गर्न सकिने बैंकले जनाएको छ।

मुलुकका सतहत्तरै जिल्लामा २८९ शाखा रहेको नेपालको पहिलो निजी क्षेत्रको बैंकले २७० एटीएम, २७५ शाखारहित बैंकिङ सेवा, ५२ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८८१ भन्दा बढी सेवा केन्द्रबाट ३० लाखभन्दा बढी ग्राहकहरुमाझ सेवा प्रदान गरिरहेको छ।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*