चार हाइड्रोपावरको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

२ भाद्र २०७९, बिहीबार १५:१३

काठमाडौं । बिहिबार शेयरबजारमा हरियाली छाएको छ । अघिल्लो दिन झिनो अंकले घट्न पुगेको नेप्से परिसूचक आज २७.७२ अंकले घटेर २०६८ विन्दुमा कायम भएको छ ।

शेयरबजारमा एकाएक सुधार देखिएसँगै आज केही कम्पनीहरुको शेयरमूल्य बढ्न पुगेको छ । शेयरबजारमा आज चार कम्पनीको शेयरमा सर्किट लागेको छ । मन्दाकिनी हाइड्रोपावर, अपर सोलु हाइड्रो, श्वेत गंगा र अपर हेवाखोला हाइड्रोपावरको शेयरमा सर्किट लागेको हो ।

त्यस्तै, हिमालयन हाइड्रोपावरको ८.९३ प्रतिशत र बलेफी हाइड्रोपावरको ८.८३ प्रतिशतले बढेको छ ।

 

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*