आम्दानीसँगै साल्ट ट्रेडिङको नाफा घट्यो, इपीएस कति ?

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पोरेशन लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासम्ममा ३ करोड ७७ लाख ८५ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार अघिल्लो आवको तुलनामा कम्पनीको नाफा २१.१५ प्रतिशतले घट्न पुगेको हो । अघिल्लो आर्थिक वर्षको यसै अवधिमा कम्पनीले ४ करोड ७९ लाख २० हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
समिक्षा अवधिसम्ममा कम्पनीको बिक्री आम्दानीमा गिरावट आएसँगै कम्पनीको नाफा घट्न पुगेको हो । यस अवधिसम्म साल्ट ट्रेडिङको बिक्रि आम्दानी ७ अर्ब १७ करोड १ लाख पुगेको छ जुन अघिल्लो आर्थिक बर्षमा १० अर्ब ४० करोड ३५ लाख रुपैयाँ थियो ।
त्यस्तै, कम्पनीको चुक्ता पूँजी २५ करोड ३५ लाख रुपैयाँ पुगेको छ । कम्पनीको जगेडा कोषमा १ अर्ब ३४ करोड ८३ लाख रुपैयाँ सञ्चित छ । यो अवधीमा कम्पनीको जगेडा कोषको आकार १.५२ प्रतिशतले बृद्धि भएको हो ।
समिक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी २०.८० रुपैयाँबाट घटेर १४.९० रुपैयाँ पुगेको छ भने प्रतिशेयर नेटवर्थ ४७३.५९ रुपैयाँबाट घटेर ४३८.७ रुपैयाँ रहेको छ ।













